माओवादी गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने
पाेखरा | कात्तिक २१, २०८०
पोखरा: नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको तर्फबाट प्रदेश सांसदहरुको एक हप्ताको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले सांसदको एक हप्ताको पारिश्रमिक रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताईन् ।
यस्तै भूकम्प पीडितका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरुले १५ दिनको तलव सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र र एमालेका सांसदहरुले एक÷एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
६० सदस्य गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुख बाहेक ७,राप्रपाको २ सांसद र स्वतन्त्र निर्वाचित हाल एकिकृत समाजवादी प्रवेश गरेका एक जना सांसद रहेका छन् । कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

